लक्ष्य र दृष्टि

यस शहरी विकास तथा भवन निर्माण विभागको मुख्य रूपमा निम्न तीन उद्देश्य रहेका छन् ।
शहरी विकास : विद्यमान सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रहरूको संरक्षण तथा संवर्धन हुने गरी आधुनिक, भौतिक सुविधाहरूको व्यवस्था गरी दिगो रूपले शहरहरूको विकास तथा गाउँ र नगरबीचको अन्तः सम्बन्धलाई सुदृढ गर्ने ।
विद्यमान सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रहरूको संरक्षण तथा संवर्धन हुने गरी आधुनिक, भौतिक सुविधाहरूको व्यवस्था गरी दिगो रूपले शहरहरूको विकास तथा गाउँ र नगरबीचको अन्तःसम्बन्धलाई सुदृढ गर्ने ।
आवास : व्यवस्थित बसोबासको प्रवर्धन गर्दै सुरक्षित तथा किफायती खालका आवासहरू उपलब्ध गराउने ।
भवन : सुरक्षित, किफायती र वातावरण अनुकूल सकभर स्वदेशी वास्तुकला झल्कने खालका भवनहरू निर्माण तथा विकास गराउने ।

प्रमुख कार्यहरु
यस विभागबाट मुख्यरूपमा निम्न कार्यहरू गरिन्छ ।
• सरकारी निकायहरूको भवननिर्माण, सुधार र पुनः निर्माणको लागि डिजाइन, लागत इष्टिमेट र अन्य परामर्श सेवा उपलब्ध गराउने,
• सरकारी भवनहरूको डिजाइन तथा निर्माणमा संलग्न रहने परामर्शदातृहरूको गुणस्तर कायम गराउन आवश्यक मापदण्ड तथा निर्देशिका तयार गरी लागू गर्ने,
• भवन निर्माणसम्बन्धी निर्देशिका तथा नक्सा तयार गर्ने,
• भवन निर्माणका लागि साइट प्लान तयार गर्ने,
• भवनहरूको स्यानिटरी योजना, वातानुकूलित प्रणाली (Air Conditioning System), थर्मल इन्सुलेशन (Thermal Insulation), अकोष्टिक डिजाइन (Acoustic Design), लिफ्ट (Lift) तथा इस्कलेटर सिष्टम (Escalator System) हरूको विस्तृत डिजाइन र लागत इष्टिमेट तयार पार्नका लागि समन्वय गर्ने,
• सबै सरकारी भवनहरूको लगत अद्यावधिक गरी सोको आधारमा सरकारी भवन मर्मतसम्बन्धी दीर्घकालीन नीति तयार गरी कार्य गर्ने,
• भवन निर्माणसम्बन्धी अन्य मुलुकहरूमा अपनाइएको उपयुक्त प्रविधि छनौट गरी उक्त प्रविधि सरकारी तथा निजी क्षेत्रमा प्रयोग गर्न प्रचार प्रसार गर्ने,
• दररेट विश्लेषण तथा निर्माण डकुमेण्ट तयारी सम्बन्धी कार्य गर्ने,
• शहरी बस्तीहरूको व्यवस्थित विकास गर्दा आइपर्ने समस्याहरू समाधान गर्न र बढ्दो वातावरणीय समस्याको निराकरण गर्न आवश्यक कार्यनीति र विस्तृत योजना तर्जुमा गरी स्थानीय निकायहरूसँग समन्वय र साझेदारी कायम गर्दै क्रमशः लागु गर्दै जाने,
• स्थानीय निकायहरूलाई आफ्नो योजना तथा कार्यक्रम सञ्चालन गर्न सक्ने तुल्याउन ती निकायहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने,
• स्थानीय निकायहरूका बीच ती निकायहरूलाई प्रभाव पार्ने विकास योजनाको तर्जुमा र कार्यान्वयनमा समन्वय र साझेदारी कायम गर्ने,
• शहरी विकास तथा भवन निर्माणसम्बन्धी अल्पकालीन तथा दीर्घकालीन योजनाहरू तर्जुमा गर्ने र तिनको क्रमशः कार्यान्वयन गर्ने,
• शहरी वातावरण संरक्षण सम्बन्धी कार्य गर्ने ।