NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा पारु - १६

परिचय

शहरी बिकास तथा भवन निर्माण बिभाग नेपालराज्य भरी ब्यबस्थित बसोवासको व्यबस्थालाई प्रबद्र्धन गर्ने तथा आम जनताको आधारभूत आवश्यकताको रुपमा रहेको भवन निर्माणको उपयुक्त मापदण्ड तय गरि सुरक्षित, किफायती भवन निर्माणको बिधामा निरन्तर क्रियाशिल संगठन हो । उपरोक्त कार्यहरुलाई व्यबस्थित तुल्याउन यस बिभागले नेपाल सरकारले निर्दिष्ट गरे अनुसार देहायका कार्यहरु सम्पादन गर्दे आएको छ ।

  • सरकारी निकायहरुको भवन निर्माण, सुधार र पुनः निर्माणको लागि डिजाइन, लागतअनुमान र अन्य परामर्श सेवा उपलव्ध गराउने,
  • सरकारी भवनहरुको डिजाइन तथा निर्माण कार्यहरुको गुणस्तर अभिवृद्धि गर्न सरकारी भवनहरुको डिजाइन तथा निर्माणमा संलग्न रहने परामर्शदातृहरुको गुणस्तर कायम गराउन आवश्यक मापदण्ड तथा निर्देशिका तयार गरी लागू गर्ने,
  • भवन निर्माण सम्वन्धी निर्देशिका तथा नम्र्स तयार गर्ने,
  • भवन निर्माणको लागि क्ष्तभ एबिल तयार गर्ने,
  • भवनहरुको स्यानिटरी योजना, Air Conditioning System, Thermal Insulation, Acoustic Design Lift, Escalator System हरुको विस्तृत डिजाइन र लगतअनुमान तयार गर्नको लागि समन्वय गर्ने,
  • सवै सरकारी भवनहरुको अद्यावधिक लगत संकलन गरी सोको आधारमा सरकारी भवन मर्मत सम्वन्धी दीर्घकालिन नीति तयार गरी सो अनुरुप कार्य गर्ने,
  • भवन निर्माण सम्वन्धी अन्य मुलुकहरुको अनुभवलाई समेत दृष्टिगत गरी उपयुक्त प्रविधि छनौट गरी सरकारी तथा गैर सरकारी क्षेत्रमा प्रयोग गर्न प्रचार प्रसार गर्ने,
  • दर विश्लेषण तथा निर्माण निर्देशिका तयारी सम्वन्धी कार्य गर्ने,
  • शहरी वस्तीहरुको व्यवस्थित विकासको मार्गमा आइपर्ने समस्याहरु समाधान गर्न र वढ्दो वातावरणीय समस्याको निराकरण गर्न आवश्यक कार्यनीति र विस्तृत योजना तर्जुमा गरी स्थानिय निकायहरुसंग समन्वय र साझेदारी कायम गर्दै क्रमशः लागू गर्दै जाने,
  • नगर विकास ऐन, नगर विकास योजना सम्वन्धी मापदण्ड अनुसारको योजना क्रमशः लागू गर्दै जाने,
  • भवन निर्माण संहिता अद्यावधिक गरी क्रमशः लागू गर्ने,
  • स्थानिय निकायहरुलाई आफ्नो योजना तथा कार्यक्रम संचालन गर्न सक्ने तुल्याउन ती निकायहरुको प्राविधिक क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने,
  • स्थानिय निकायहरुको वीच ती निकायहरुलाई प्रभाव पार्ने विकास योजनाको तर्जुमा र कार्यान्वयनमा समन्वय र साझेदारी कायम गर्ने,
  • शहरी विकास तथा भवन निर्माण सम्वन्धी अल्पकालिन तथा दीर्घकालिन योजनाहरु तर्जुमा गर्ने तथा क्रमशः लागू गर्दै जाने,
  • शहरी वातावरण संरक्षण सम्वन्धी कार्यहरु गर्ने ।
  • संयुक्त आवास नीति अन्तर्गत निर्माण हुने संयुक्त आवास भवन सम्बन्धी Structural Design को संस्लेषण गर्ने ।
  • समय समयमा नेपाल सरकारबाट तोकिए बमोजिमको अन्य कार्यहरु गर्ने ।